नेपाल सरकार

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)

ज्ञानेश्वर, काठमाण्डौं


संजिवनी मा वि को उद्­घाटन

केन्द्रिय आयोजना कार्यान्वयन ईकाइ(शिक्षा)||2019/04/25

२०७६ वैशाख ११ गते काभ्रेपलान्चोक जिल्लाको धुलीखेल नगरपालिका स्थित श्री सञ्जीवनी नमुना मा वि को नवनिर्मित भवनहरुको समुद्­घाटन सम्मानीय प्रधानमन्त्री के पि शर्मा ओलीज्यूबाट सम्पन्न भयो । उक्त उद्­घाटन समारोहमा माननीय सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवाली, काभ्रे जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधि सभासदस्यहरु, प्रदेश सभा सदस्यहरु र एशियाली विकास बैकका कन्ट्री डाइरेक्टर मुख्तर खामुदखानोभको समेत उपस्थिति रहेको थियो । उक्त भवनहरु राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) बाट एशियाली विकास बैकको ऋण सहयोगमा  सन्चालित भूकम्प आपतकाली सहायता आयोजना (EEAP) अन्तरगत पुनर्निर्माण भएको हो । उक्त आयोजना अन्तर्गत हाल सम्म ७७ विद्यालयहरुका भवनहरु पुनर्निर्माण सम्पन्न भइ हस्तान्तरण भैसकेका छन । यस आयोजनाबाट यस आर्थिक वर्षको अन्त सम्म सबै १६२ विद्यालयहरुको पुनर्निर्माण सम्पन्न हुनेछन् ।