नेपाल सरकार

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)

ज्ञानेश्वर, काठमाण्डौं


जनकल्याण आधारभूत विद्यालयको उद्­घाटन

केन्द्रिय आयोजना कार्यान्वयन इकाइ (शिक्षा)||2019/04/25

२०७६ बैशाख १२ गते धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं. १४ स्थित जनकल्याण आधारभूत विद्यालयको पुनर्निर्मित भवनको समुद्­घाटन संघीय सांसद खेम मानीयय लोहोनीले गर्नुभयो । उक्त भवन राष्‍टिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) बाट जाइकाको श्रृण सहयोगमा सन्चालित आपतकालीन विद्यालय पुननिर्माण आयोजना ESRP अन्तर्गत पुननिर्माण भएको हो । उक्त आयोजना अन्तर्गत धादिङ जिल्लामा हालसम्म ३ वटा विद्यालयहरुका भवनहरु पुननिर्माण सम्पन्‍न भई हस्तान्तरण भैसकेके छन् । यस आयोजनाबाट अन्य ४६ वटा विद्यालयहरुको पुननिर्माण कार्य भैरहेको छ ।