नेपाल सरकार

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)

ज्ञानेश्वर, काठमाण्डौं


श्री हिराथुम्की मा.वि तोश्रामखोलाको उद्घाटन

केन्द्रिय आयोजना कार्यान्वयन ईकाइ(शिक्षा)||2019/04/26

२०७५ चैत्र २३ गते सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिका वडा नं.७ स्थित श्री हीराथुम्की मा.वि. तोश्रामखोलाको नव निर्मित भवनहरुको समुद्घघाटन प्रदेश नं.३ का आर्थिक मामिला तथा योजना मन्त्री माननीय कैलाश प्रसाद ढुंगेलले गर्नु भयो । उक्त भवन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) बाट एशियाली विकास बैकको ऋण सहयोगमा सन्चालित भूकम्प आपतकालीन सहायता आयोजना (EEAP) अन्तरगत निर्माण व्यवसायीद्धारा पुनर्निर्माण भएको हो । उक्त आयोजना अन्तरगत निर्माण व्यवसायी मार्फत पुनर्निर्माण हुने विद्यालयहरु मध्ये सिन्धुली  जिल्लामा हाल सम्म ६ वटा  विद्यालयहरुका भवनहरु पुनर्निर्माण सम्पन्न भइ हस्तान्तरण भैसकेका छन्।मिति २०७६ बैशाखको २५ गते सम्म १३ वटा निर्माण व्यवसायी मार्फत पुनर्निर्माण भएका विद्यालयहरुको हस्तान्तरण कार्यक्रम सम्पन्न हुनेछ ।