News and Notice
सिध्दि मंगल मा वि को उद्घाटन
केन्द्रिय आयोजना कार्यान्वयन ईकाइ(शिक्षा)||2019/04/26
२०७६ वैशाख ११ गते ललितपुर जिल्लाको सिध्दिपुर स्थित सिध्दि मंगल माध्यमिक विद्यालयको नव निर्मित ८ कोठे भवनको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुभयो । उक्त भवन शहरी वातावरण समाज नामक गैरसरकारी संस्थाले पुनर्निर्माण गरेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यक्षेत्र रहेको ३१ जिल्लाहरुमा हाल सम्म विभिन्न गैरसरकारी संस्थाहरुले ७५८ विद्यालयहरुको पुनर्निर्माण सम्पन्न गरी विद्यालयलाइ हस्तान्तरण गरिसकेको छ ।