नेपाल सरकार

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)

ज्ञानेश्वर, काठमाण्डौं


श्री सुनकोशी मा.वि सोखुवेसीको उद्घाटन

केन्द्रिय आयोजना कार्यान्वयन ईकाइ(शिक्षा)||2019/04/26

२०७६ बैशाख ११ गते सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका वडा नं.४ स्थित श्री सुनकोशी मा.वि. सोखुवेसीको नव निर्मित ८ कोठे भवनको समुद्घघाटन प्रतिनिधि सभा सदस्य माननीय गणेश कुमार पहाडीले गर्नु भयो। उक्त भवन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) बाट उपलब्ध गराइएको बजेट अन्तरगत विद्यालय व्यवस्थापन समितिद्धारा पुनर्निर्माण भएको हो । उक्त आयोजना अन्तरगत विद्यालय व्यवस्थापन समिति मार्फत पुनर्निर्माण हुने विद्यालयहरु मध्ये हाल सम्म १२१ वटा  विद्यालयहरुका भवनहरु पुनर्निर्माण सम्पन्न भइ हस्तान्तरण भैसकेका छन्।मिति २०७६ असार मसान्तसम्ममा ७८ वटा विद्यालयहरुको हस्तान्तरण कार्यक्रम सम्पन्न हुनेछ ।