नेपाल सरकार

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)

ज्ञानेश्वर, काठमाण्डौं


सरस्वती मा विको उद्­घाटन

केन्द्रिय आयोजना कार्यान्वयन ईकाइ(शिक्षा)||2019/04/28

२०७६ वैशाख १३ गते काभ्रेपलान्चोक जिल्लाको  चौंरीदेउराली गाउँपालिका वडा नं ४ स्थित सरस्वती मा वि  को पुनर्निर्मित १२ कोठे भवनहरुको समुद्­घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय गोकुल प्रसाद बास्कोटाले गर्नुभयो ।  उक्त भवन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) बाट एशियाली विकास बैकको ऋण सहयोगमा  सन्चालित भूकम्प आपतकाली सहायता आयोजना (EEAP) अन्तरगत पुनर्निर्माण भएको हो । उक्त आयोजना अन्तर्गत हाल सम्म ७७ विद्यालयहरुका भवनहरु पुनर्निर्माण सम्पन्न भइ हस्तान्तरण भैसकेका छन । यस आयोजनाबाट यस आर्थिक वर्षको अन्त सम्म सबै १६२ विद्यालयहरुको पुनर्निर्माण सम्पन्न हुनेछन् ।