नेपाल सरकार

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)

ज्ञानेश्वर, काठमाण्डौं


श्री महाकाली मा.वि र बरुणेस्वर मा.वि को उद्­घाटन

केन्द्रिय आयोजना कार्यान्वयन ईकाइ(शिक्षा)||2019/04/30

२०७६ बैशाख १५ गते सिन्धुली जिल्लाको फिक्कल  गाउँपालिका वडा नं.४ स्थित श्री महाकाली मा.वि. पोटी खाङसाङ र मरिण गाउँपालिका वडा नं.-३ स्थित श्री बरुणेस्वर मा.वि.बरुण सिस्नेरीको नव निर्मित भवनहरुको समुदघाटन कार्यक्रम सम्पन्न भयो। महाकाली मा.वि.पोटी खाङसाङको समुदघाटन सिन्धुली जिल्ला निर्वाचन क्षेत्र नं.१ प्रतिनिधि सभा सदस्य माननीय गणेश कुमार पहाडीले र बरुणेस्वर मा.वि.बरुण सिस्नेरीको समुदघाटन सिन्धुली जिल्ला निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य माननीय हरिबोल प्रसाद गजुरेलले गर्नु भयो । उक्त भवन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) बाट एशियाली विकास बैकको ऋण सहयोगमा सन्चालित भूकम्प आपतकालीन सहायता आयोजना (EEAP) अन्तरगत निर्माण व्यवसायी मार्फत पुनर्निर्माण भएको हो । उक्त आयोजना अन्तरगत निर्माण व्यवसायी मार्फत पुनर्निर्माण हुने विद्यालयहरु मध्ये हाल सम्म ८ वटा  विद्यालयहरुका भवनहरु पुनर्निर्माण सम्पन्न भइ हस्तान्तरण भैसकेका छन्।