News and Notice
USAID सहयोगबाट पुनर्निर्मित विद्यालय भवन उद्घाटन
केन्द्रिय आयोजना कार्यान्वयन ईकाइ(शिक्षा)||2019/05/02
२०७६ वैशाख १७ गते काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका महादेवस्थान स्थित जनजागरण आधारभूत विद्यालयमा USAID अनुदान सहयोगबाट पुनर्निर्माण गरिएका तीन विद्यालयहरु जनजागरण आधारभूत विद्यालय, गंगा आधारभूत विद्यालय र महादेव आधारभूत विद्यालयका भौतिक संरचनाहरुको हस्तान्तरण कार्यक्रम आयोजना गरियो । उक्त कार्यक्रममा प्रमुख अतिथि माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेल र अतिथिहरुमा प्रदेश सभा सदस्य माननीय लक्ष्मण लम्साल, नेपालका लागि संयुक्त राज्य अमेरिकाका महामहिम राजदूत र्याण्डि बेरी, एशियाली विकास वैकका नेपाल कार्यालयका कन्ट्री डारेक्टर मुख्तर खामुदखानोभ, पाँचखाल नगरपालिकाका प्रमुख, केन्द्रिय आयोजना कार्यान्वयन इकाइका आयोजना निर्देशक लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । ती तिन विद्यालयका भवनहरु राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) बाट USAID को अनुदान सहययोग र एशियाली विकास बैकसँगको सहकार्यमा पुनर्निर्माण भएको हो ।