नेपाल सरकार

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)

ज्ञानेश्वर, काठमाण्डौं


माध्यमिक विद्यालय सुम्नाम सुन्तले चण्डिभन्ज्याङको

केन्द्रिय आयोजना कार्यान्वयन ईकाइ(शिक्षा)||2019/05/06

२०७५  वैशाख २१ गते सिन्धुली जिल्लाको  फिकल गाउँपालिका वडा नं २ पोखरी स्थित माध्यमिक विद्यालय सुम्नाम सुन्तले चण्डिभन्ज्याङको नव निर्मित भवनहरुको समुद्­घाटन राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले गर्नुभयो । उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननीय गणेश कुमार पहाडी, प्रदेश सभा सदस्यहरु माननीय राजन ढकाल, माननीय प्रदीप कटवाल, माननीय विनोद खड्का, जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायत सिन्धुली जिल्लाका स्थानीय सरकारका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उक्त भवन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) ले एशियाली विकास बैकको ऋण सहयोगमा  सन्चालित भूकम्प आपतकाली सहायता आयोजना (EEAP) अन्तरगत पुनर्निर्माण गरेको हो । उक्त कार्यक्रमबाट यस विद्यालय लगायत १०० वटा विद्यालयहरुका भौतिक संरचनाहरु पुनर्निर्माण सम्पन्न भइ हस्तान्तरण भैसकेका भएका छन् ।