News and Notice
पृथ्वी मा वि अमलाचौरको उद्घाटन
केन्द्रिय आयोजना कार्यान्वयन ईकाइ(शिक्षा)||2019/05/16
२०७५ वैशाख २३ गते बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका वडा नं १३ अमलाचौर स्थित पृथ्वी माध्यमिक विद्यालयको नव निर्मित भवनको समुद्घाटन सम्माननीय राष्ट्रपति श्रीमति विद्यादेवी भण्डारीज्यूले गर्नुभयो । उक्त कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय पृथ्वी सुब्बा गुरुङ, प्रतिनिधि सभा र प्रदेश सभाका माननीय सदस्यहरु, नगरपालिका तथा गाउँपालिका प्रमुखहरुको उपस्थिति रहेको थियो । उक्त ४ कोठे भवन उद्योगपति श्री चन्द्र ढकालको अगुवाइमा ग्लोबल आइ एम इ को सहयोगबाट पुनर्निर्माण भएको हो ।