नेपाल सरकार

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)

ज्ञानेश्वर, काठमाण्डौं


निलकण्ठ माध्यमिक विद्यालय धादिङको उद्­घाटन

केन्द्रिय आयोजना कार्यान्वयन ईकाइ(शिक्षा)||2019/05/16

२०७५  वैशाख २७ गते धादिङ जिल्लाको  निलकण्ठ नगरपालिका वडा नं ३ धादिङबेसी स्थित निलकण्ठ माध्यमिक विद्यालयको नव निर्मित भवनहरुको समुद्­घाटन पूर्व प्रधानमन्त्री तथा विपक्षी दलका नेता माननीय  शेरबहादुर देउवाले गर्नुभयो । उक्त कार्यक्रममा धादिङ जिल्लाका प्रतिनिधिसभा र प्रदेश सभाका माननीय सदस्यहरु र नगरपालिका प्रमुखको उपस्थिति रहेको थियो । उक्त भवन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) ले एशियाली विकास बैकको समन्वयमा जापान सरकारको अनुदान सहयोग Japanese Fund for Poverty Reduction बाट सन्चालित भूकम्प प्रभावित समुदायका लागि विपद जोखिम न्युनीकरण तथा जीवनयापन पुनर्स्थापन परियोजना (Disaster Risk Reduction and Livelihood Restoration for Earthquake Affected Communities Project, DRRLREAC) अन्तरगत पुनर्निर्माण गरेको हो । उक्त कार्यक्रमबाट यस विद्यालय लगायत ८ वटा नमुना विद्यालयहरुका छात्रावास सहितका भौतिक संरचनाहरु पुनर्निर्माण भएका छन् ।