नेपाल सरकार

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)

ज्ञानेश्वर, काठमाण्डौं


आयोजनागत समझदारीपत्रमा हस्ताक्षर सम्पन्न

केन्द्रिय आयोजना कार्यान्वयन ईकाइ(शिक्षा)||2019/03/07

२०७५ फागुन २२ गते भारत सरकारको अनुदान सहयोगबाट पुनर्निर्माण भइरहेका आठ विद्यालयहरुको आयोजनागत समझदारीपत्रमा हस्ताक्षर भयो । नेपाल सरकारको तर्फबाट केन्द्रिय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) का आयोजना निर्देशक श्री इम नारायण श्रेष्ठले र भारत सरकारको तर्फबाट श्री सुचिता किशोरले हस्ताक्षर गर्नुभयो । सोही दिन ७० विद्यालयहरु र २ पुस्तकालयहरु पुनर्निर्माणको लागि आयोजना व्यवस्थापन परामर्शदाता (Project Management Consultant, PMC) को रुपमा भारत सरकारको तर्फबाट छनोट गरिएको फर्म Central Building Research Institute (CBRI) Roorkee सँग संझौतापत्रमा हस्ताक्षर भयो । भारतीय दुतावासका तर्फबाट Deputy Chief of Mission  डा. अजय कुमार र CBRI को तर्फबाट  डा. पूर्णिमा परिदाले संझौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । रेडिशन होटलमा आयोजना गरिएको उक्त हस्ताक्षर समारोहमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत श्री सुशिल ज्ञवाली र भारतीय राजदुत श्री मन्जिव सिंह पुरीको उपस्थिति रहेको थियो ।