नेपाल सरकार

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)

ज्ञानेश्वर, काठमाण्डौं


विद्यालय हस्तान्तरण सम्पन्न (ESRP)

विद्यालय हस्तान्तरण सम्पन्न

जाइकाको ऋण सहयोगमा संचालित ESRP कार्यक्रम अन्तर्गत ललितपुर जिल्ला, गोदावरी न.पा.-४, बडिखेल स्थित श्री पथप्रदर्शक माध्यमिक विद्यालयको पुनर्निर्माण भएको भवन शिक्षा सचिव मधु प्रसाद रेग्मी, जाइका का राष्ट्रिय निर्देशक जुन साकोमा, गोदावरी न.पा. प्रमुख गजेन्द्र महर्जन लगायतको समुपस्थितमा सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण कार्यक्रम    सम्पन्न गरियो।