प्रकाशित मिति : 2021-11-29 14:15:38
दूर दृष्टी ( Vision):
भौतिक रुपमा सुदृढ, सुरक्षित र बालमैत्री विद्यालयहरु निर्माण गर्ने ।
ध्येय (Mission):
सम्भावित सम्पूर्ण स्रोतहरूको उच्चतम उपयोग गर्दै विद्यालयहरूको अझ सुदृढ पुनर्निर्माण सुनिश्चित गर्ने ।
उद्देश्यहरू (Objectives):
- भूकम्पबाट भएको सामुदायिक विद्यालयहरूको क्षतिको अभिलेख र पुनर्निर्माणको आवश्यकता अद्यावधिक गर्दै पुनर्निर्माणको योजना तर्जुमा गर्ने,
- प्राकृतिक विपद् प्रतिरोधक र अझ सुदृढ भौतिक संरचना तयार हुने गरि विद्यालयहरूको पुनर्निमाण र प्रवलीकरण सञ्चालन गर्ने,
- विद्यालय पुननिर्माणको अभियानमा योगदान गर्ने दाताहरू, सङ्घ संस्थाहरू र विभिन्न साझेदारहरू बिच सञ्चार, समन्वय गरी विद्यालय पुननिर्माण कार्यको लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने,
- नेपाल सरकार र विभिन्न दातृ निकायबिच भएका विद्यालय पुर्निनर्माण सम्बन्धी सम्झौता अनुसारका आयोजनाहरू कार्यान्वयन गर्ने ।
- विद्यालय पुननिर्माण कार्यमा गुणस्तरीयता कायम गर्न अनुगमन, सुपरीवेक्षण गर्ने ।