नेपाल सरकार

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय

केन्द्रीय आयोजना कार्यान्वयन इकाई

ज्ञानेश्वर, काठमाण्डौं

परिचय

प्रकाशित मिति : 2020-11-18 12:27:38

भूकम्पबाट क्षतिग्रस्त भएका विद्यालयहरूको पुनर्निर्माण कार्यलाई अभियानको रूपमा सञ्चालन गर्ने अभिप्रायले  राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षा) स्थापना गरिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट  प्राप्त विद्यालय पुनर्निर्माण सम्बन्धी नीतिगत मार्गनिर्देशन एवम् स्रोत अनुरुप यस केन्द्रिय आयोजना कार्यान्वयन इकाइले विद्यालय पुनर्निर्माणको कामलाई द्रुततर रूपमा अगाडि बढाइरहेको छ ।

विद्यालयहरूको पुननिर्माणमा योगदान पुर्याउन इच्छुक व्यक्तिगत तथा सामुहिक दाताहरू, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैर सरकारी संस्थाहरू, कुटनैतिक नियोगहरू लगायत विकासका अन्य साझेदारहरूसँग निरन्तर सञ्चार समन्वय र सहकार्य गर्दै इकाइ विद्यालय पुनर्निर्माणमा सक्रिय छ ।
भूकम्पबाट अति प्रभावित 20 ओटा जिल्लाहरुमा केन्द्रिय आयोजना कार्यान्वयन इकाइ(शिक्षा)मातहत रहने गरी  जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा)हरू स्थापना भएका छन् । अन्य 11 वटा भूकम्प प्रभावित जिल्लामा विद्यालय पुनर्निर्माण शाखा रहने व्यवस्था रहेकोमा मिति 2076 श्रावण 1 गते देखी एघारवटै जिल्लाहरुमा जिल्ला आयोजना कार्यान्वयन इकाइ(शिक्षा) को आफ्नै कार्यालय स्थापना भई उक्त यी एघारवटा जिल्लाहरु समेत थप भए पश्चात भूकम्प प्रभावित 31 वटै जिल्लाहरुमा कार्यालय गठन भई कार्यालय सञ्चालन रहेको छ ।