नेपाल सरकार

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय

केन्द्रीय आयोजना कार्यान्वयन इकाई

ज्ञानेश्वर, काठमाण्डौं

रणनीति एवम् कार्यनीतिहरू

प्रकाशित मिति : 2021-11-29 14:16:43

  • विद्यालय क्षेत्रको पुननिर्माणका लागि विभिन्न क्षेत्रसँग सहकार्य गरी पुननिर्माण गतिविधिहरू सञ्चालन गरिनेछ । विभिन्न विकास साझेदारहरू, मानवतावादी सङ्घ संस्थाहरू एवम् व्यक्तिहरू तथा सबै सरकारी तथा गैरसरकारी निकायहरूको सहयोग विद्यालय पुनर्निर्माण कार्यका लागि परिचालन गरिनेछ ।
  • पुननिर्माण गर्दा  Build Back Better को विश्वव्यापी अवधारणालाई आत्मसाथ गरी विद्यालय भवन एवम् भौतिक पूर्वाधारहरू बालमैत्री, वातावरण मैत्री, लैगिक मैत्री र विपद् प्रतिरोधी बनाउने नीति प्रभावकारी रूपले लागू गरिनेछ ।
  • नेपाल राष्ट्रिय भवन निर्माण संहिता एवम् भवन निर्माण सम्बन्धी प्रचलित मापदण्डहरू पूर्णपालना हुने गरी गुणस्तरयुक्त विधि एवम् प्रणाली अनुसार पुनर्निर्माण कार्य सम्पन्न गरिनेछ ।
  • पुननिर्माण कार्यमा स्थानीय जनताको अपनत्व बढाउन विद्यालय परिवार (विद्यालय व्यवस्थापन समिति, विद्यार्थी, अभिभावक, शिक्षक आदिको) प्रभावकारी रूपमा परिचालिन गरी पारदर्शी ढङ्गले पुननिर्माण गतिविधिहरू सञ्चालन गरिनेछ ।
  • पुनर्निर्माण कार्यलाई व्यवस्थित, योजनाबद्ध एवम् प्रभावकारी ढङ्गले अगाडि बढाउन संरचनागत व्यवस्थाको साथसाथै दक्ष कर्मचारीहरूको व्यवस्थापन एवम् क्षमता विकास कार्यक्रम अगाडि बढाइने छ ।
  • विशेष गरी बढी प्रभावित 31 ओटा जिल्लाहरूमा पुनर्निर्माण कार्यहरूलाई केन्द्रित गरिनेछ जसमध्ये अति प्रभावित जिल्लाहरूमा एशियाली विकास बैङ्क तथा जाइकाको ऋण सहयोगलाई आयोजना मार्फत् प्रभावकारी ढङ्गले परिचालन गरी पुनर्निर्माण कार्य गरिनेछ ।
  • पुनर्निर्माण गर्दा सकेसम्म स्थानीय सामग्री एवम् प्रविधिको उच्चतम प्रयोग गर्ने नीति लिइनेछ ।
  • आयोजना अन्तर्गत सञ्चालित भई पुनर्निर्माण हुने अति प्रभावित 14 ओटा जिल्लाहरूमा गुणस्तरयुक्त निर्माण कार्य गर्न निर्माण व्यवसायी एवम् परामर्शदाताहरूको परिचालन गरी पुनर्निर्माण कार्य गरिने छ । साथै स्थानीय जनसहभागिता एवम् अपनत्व बढाउने क्रियाकलापहरू समेतसँगै लगिने छ ।
  • 17 ओटा जिल्लाहरूमा नेपाल सरकारबाट प्राप्त हुने नियमित अनुदान (मर्मत, भवन निर्माण, प्रवलिकरण, शौचालय नियमित आदि) बाट पुननिर्माण कार्य सम्पन्न गरिने गरी कार्यक्रमहरूलाई व्यवस्थित गर्दै लगिनेछ ।
  • आयोजनागत पुनर्निर्माण गरिने 14 ओटा जिल्लाहरूमा नेपाल सरकारको नियमित अनुदानबाट समेत  निर्माण, मर्मत एवम् प्रवलीकरण गर्ने कार्य जिल्ला आयोजना कार्यान्वयन इकाइ मार्फत  गरिनेछ ।
  • विभिन्न सहयोगी सङ्घ संस्था एवम् व्यक्तिहरूको सहयोगमा निर्माण गरिने भौतिक पूर्वाधारको गुणस्तर कायम गर्न कार्यविधि बनाई जिल्ला आयोजना कार्यान्वयन इकाइ मार्फत पुनर्निर्माण कार्य अगाडि बढाइने छ ।